मेरो डडेल्धुरा बसाई
-अनिल लामा, नार्गाजुन नगरपालिका –८, भिमढुङ्गा, काठमाडौँ
विद्यालय कलेज पढ्दाखेरीको सपना मेरो सामाजिक संस्थामा काम गर्ने। यही सपना बुन्दाबुन्दै २०७० सालमा स्नातक तहको (मुख्य विषय सामाजिक कार्य र मुख्य अंग्रेजी) मा पढाइ पुरा गरियो। यहि क्रममा मिति २०७२ /१०/३ गते मलाई एउटा सामाजिक संस्थामा काम गर्ने अवसर जुट्यो, जुन सामाजिक संस्थाको नाम थियो “महिला मुिक्त समाज डडेल्धुरा” र कार्यक्रम संचालनको लागि दात्रिनिकायको नाम थियो एलायन्स फर सोसियल डायलग/ओपन सोसाइटी फाउन्डेशन जुन कार्यक्रमको नाम थियो “महिलाको न्यायमा पहुँच” जसमा मेरो भूमिका थियो कार्यक्रम संयोजकको।
सुरुमा त मलाई के गरौँ के नगरौँ भएको थियो किनभने म काठमाडौँमा जन्मेको र काठमाडौँमा हुर्केको मान्छे र डडेल्धुरा जिल्ला काठमाडौँदेखि धेरै टाढा भएको हुनाले, तर पनि अन्तमा आएर डडेल्धुरा जाने निर्णय गरे र सामाजिक संस्थामा म डडेल्धुरा गएर काम गर्न तयार छु भनेर भने।
त्यसको केहि दिनपछि काठमाडौँको नयाँ बसपार्कबाट उग्रतारा यातायात चढी दिउँसोको २ः०० मनमा अनेक कुराहरु खेलाइ काठमाडौँ छोडेर डडेल्धुराको यात्रा सुरु गरेँ। जुन यात्रा मेरो जिन्दगीको पहिलो लामो यात्रा थियो काठमाडौँबाट विभिन्न जिल्लाहरु परगरी भोलिपल्ट करिब दिउँसोको ४ः३० बजेतिर डडेल्धुराको सदरमुकाम डडेल्धुरा बसपार्क पुगियो जुन मेरो लागि सबै नयाँ थियो जस्तै नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भाषा, नयाँ खानपिन आदि।
डडेल्धुरा पुगेको केहि दिन साथीको घरमा बसी आफुले काम गर्ने सामाजिक संस्थामा हाजिर लगाइ र आफू बस्नको उपयूक्त ठाउँ, कोठाको खोजी गर्न लागियो, जुन काममा आफनो कार्यालयका अन्य साथीहरुले र त्यहाँका स्थानीय मानिसहरुले पनि धेरै साथ दिनुभयो जसले गर्दा मलाई त्यहाँ बस्न र घुलमिल गर्न धेरै सजिलो र सहज वातावरण भयो, जसले गर्दा मलाई त्यस ठाउँप्रति धेरै माया लाग्न थाल्यो।
काम गर्ने क्रममा कहिलेकाहीँ कार्यक्षेत्र पनि जानुपर्ने (कोटेली, मणिलेक, समैजी, असिग्राम र अमरगढी नगरपालिका)। कार्यक्षेत्र जाँदापनि धेरै अनुभव गरियो जस्तै उकालो, ओरालो, धूलो, हिलो आदि तर पनि धेरै रमाइलो गरि कार्यक्षेत्रमा काम गरिन्थ्यो।
बसाई र काम गर्ने क्रममा धेरै किसिमका मानिसहरुसँग चिनजान गर्ने अवसर मिल्यो जस्तै शिक्षक, वडा जनप्रतिनिधी, पत्रकार, वकिल, राजनितिज्ञ, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सामाजिक संघ संस्थाहरुमा काम गर्ने कर्मचारी, सरकारी तथा निजी कार्यालयहरुमा काम गर्ने कर्मचारी समाजसेवी आदि जसले गर्दा आफूले आफूलाई धेरै भाग्यमानी ठाने किनभने काठमाडौँ जिल्ला डडेल्धुरा भन्दा धेरै ठूलो भएको हुनाले र त्यसतो अवसर काठमाडौँमा पाउन कठिन थियो।
डडेल्धुराको बसाइ क्रममा त्यहाँको धार्मिक स्थल उग्रतारा माताको दरवार (मन्दिर), घटाल बाबाको मन्दिर र त्यहाँको स्थानीय पर्व गौरा पर्व जुन आफूले पनि मनाउन पाउने र अवलोकन गर्ने अवसर पनि जुरेको थियो। उग्रतारा माताको भव्य मेला मंसीर महिनामा लाग्ने रहेछ र जसलाई स्थानीय भाषामा जाँत भनिदो रहेछ सो मेला (जाँत) हेर्नका लागि नेपालको विभिन्न ठाउँ लगायत भारतको विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दारहेछन्।
भदौ महिनामा मनाइने गौरा पर्वलाई पनि एउटा विशेष पर्वको रुपमा गौरा देविको पुजा आराधाना गरि देउडा खेली र देउडा गीत गाई रमाइलो गरी मनाएको देख्न पाउँदा मेरो मन फुरुङ् र दङ्ग परेको थियो। भदौ महिनाको पष्ठी तिथीमा घरघरमा गेडागुडी भिजाई त्यसलाई अष्टमीको दिनमा गौरा देवी घरघरमा भित्राएर पकाएको गेडागुडीलाई प्रसादको रुपमा खाईने रहेछ जसलाई स्थानीय भाषामा बिरौडा भनिदो रहेछ र जुन मलाई पनि खाने अवसर जुरेको थियो।
ओखर, कागती, मह, घिउ, गहत, राजमा, चूक अमिलो र अन्य स्थानीय उत्पादनहरु, काफल, आलुबखडा, गुएली, लालीगुराँस फूल पूmलेर वन ढकमक्क ढाकेको देख्न र हेर्न पाउँदा मनमा आएको नकरात्मक कुुराहरु हराएर जान्थ्यो। अमरगढी किल्लाबाट डडेल्धुराको अन्य ठाउँहरु अवलोकन गर्न पाउँदा मनमा आनन्द आएको अनुभवहरु घरमा र साथीहरुलाई सुनाउन पाउँदा जीवनमा ठूलो सफलता हात पारेको अनुभव हुन्थ्यो।
काम गराई र बसाइको क्रममा साथसाथै अन्य कामको सिलसिलामा डडेल्धुरा बाहेक डोटी जिल्लाको शैलेश्वरी मन्दिर, धनगढीको जलसा होटल, महेन्द्रनगरको ओपेरा होटल, दोधारा चाँदनी पुल घुम्ने अवसर जुरेको थियो जुन मेरो लागि नयाँ ठाउँ र नयाँ अनुभव थियो।
ख्यालख्यालैमा काम गर्ने क्रममा एक बर्ष बितेको पनि थाहा पाइएन। एक बर्षसम्म हाँसीखेली कामगरि त्यहाँको रहनसहन बुझि पुनः आफनै जन्मथलो काठमाडौँ फर्किएँ। डडेल्धुरा जिल्ला बसाइको क्रम मेरो जीवनको लागी एक महत्वपूर्ण बसाइ र सिकाइ र भोगाइ बन्यो, जसले गर्दा मैले आफूले आफैलाई चिन्नसकेँ र आफूसँग भएको शिक्षा, क्षमता अरुसमक्ष बाँड्न सफल भएँ।
धेरैधेरै धन्यवाद छ सामाजिक संस्था महिला मुक्ति समाज र डडेल्धुरा जिल्लाका स्थानीय वासीहरुप्रति मेरो सधै नमन छ र उहाँहरुप्रति सधै आभारी हुनेछु।