सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप एक प्रहरीलाई कोरोना पुष्टि

२०७७ भदौ १४, ०२:४५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा कार्यरत थप एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २७ वर्षीय प्रहरी जवानलाई संक्रमण पुष्टि भएको हो। 

काठमाडौंबाट सुरुवा भइ आएर क्वारेन्टिनमा बसेका उनको स्वाब संकलन गरेर डडेल्धुरा पठाइएकोमा आइतबार ती जवानको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड सम्पर्क व्यक्ति बिरेन्द्र भट्टले बताए। उनका अनुसार ती प्रहरी जवान भित्रै क्वारेन्टिनमा बसेका छन्। 

कमेन्ट लोड गर्नुस