सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका थप ११ जनामा कोरोना पुष्टि

२०७७ भदौ १४, ०२:१९ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार पुर्वीचौकी गाउँपालिका –६ का ८ जना, सोही गाउँपालिकाको वडा नम्बर ७ का एक जना, सायल गाउँपालिकाका एक जना र दिपायल सिलगढी नगरपालिका ४ का एक जनामा कोरोना पुष्टि भएको हो। 

कमेन्ट लोड गर्नुस