सुदूर नेपाललाई विश्वसँग जोड्दै

दारी ग्याङ डोटीको संयोजकमा जोशी

२०७७ भदौ १३, ०३:११

टेक चन्द, डोटी : डोटीमा दारी ग्याङको संगठन विस्तार भएको छ। दारी ग्याङ डोटीको संयोजकमा अनुजराज जोशी र उपसंयोजक कुबेर खड्का चयन भएका छन्। बाँकी पदाकिारीहरुको पदपुर्ती कार्यसमितीको पहिलो बैठकबाट गरिने भएको छ। 

ग्याङले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने अध्यक्ष जोशीले बताए। रक्तदान लगायतका विभिन्न सामाजिक कार्यमा संगठन सक्रिय रहने उनले बताए। 

डोटीका थुप्रै पर्यटकिय सम्भावना बोकेको स्थानहरुको पनि प्रचारप्रसारमा दारी ग्याङले सहयोगी भुमिका खेल्ने बताइएको छ। यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य समेत गरिने भएको छ। समाजका विकृतिका विरुद्ध अभियान चलाउने उपसंयोजक खड्काले बताए। 

चार वर्षअघि सामाजिक संजालबाट सुरु भएको दारी ग्याङ नेपालमा सामाजिक क्षेत्रमा काम गर्दै आएको गैर राजनितीक समाजसेवा गर्ने समुह बनेको छ। शनिबार डोटिमा गठन भएसँगै दारी ग्याङ नेपालका ३३ भन्दा बढी जिल्लाहरुमा बिस्तार भएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए। 
 

कमेन्ट लोड गर्नुस