बाजुराबाट पाँच वटा भरुवा बन्दुक सहित दुई जना पक्राउ
२०७७ भदौ १२, ०५:५९
बाजुरा : बाजुराबाट प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ को रजातोलीमा लुकाएर राखेका पाँच वटा भरुवा बन्दुक सहित दुईजनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयले सोही ठाउँका ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहारलाई पक्राउ गरिएको जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ।
कमेन्ट लोड गर्नुस