सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि

२०७७ भदौ १२, ०२:३६ खबर संवाददाता

धनगढीः डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो। आज थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन्।

प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको बताए। 

 
 

कमेन्ट लोड गर्नुस