सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा थपिए ६ संक्रमित, तीन जनाको ‘ट्राभल हिस्ट्री’ छैन्

२०७७ भदौ ७, ०६:५९ खबर संवाददाता

धनगढीः धनगढीमा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर १९ का दुई महिला, एक पुरुष गरी तीन जना र वडा नम्बर ४ का एक पुरुष र एक महिला, वडा नम्बर १४ की एक महिलामा कोरोना पुष्टि भएको बताए।

उनीहरु मध्ये वडा नम्बर १९ का तीन जना भारतको बैङ्लोरबाट फर्किएको भएपनि अन्य तीन जनाको भने बाह्य ट्राभल हिस्ट्री छैन्।

वडा नम्बर ४ की ६० वर्षीया महिला र वडा नम्बर  १४ की २७ वर्षीया महिला सेती प्रादेशिक अस्पतालमै कार्यरत सरसफाई कर्मचारी हुन्। वडा नम्बर ४ का अर्का संक्रमित मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालक हुन्।

उनी मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका छन्। मुख्यमन्त्री कार्यालयका अनुसार केही दिन पहिले डोटी गएर फर्किएका चालकको बाह्य ट्राभल हिस्ट्री भने छैन्।

यो सँगै धनगढीमा संक्रमितको संख्या एक सय ८२ पुगेको छ भने ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या २३ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस