सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना पुष्टि

२०७७ भदौ ७, ०४:४१ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ६० वर्षीया महिला र वडा नम्बर  १४ की २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। ती दुवै सेती अस्पतालका सरसफाई कर्मचारी हुन। 

अहिले अस्पतालले उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिलाई समेत आईसोलेसनमा राख्दै कोरोना परीक्षण गर्ने जनाएको छ। 

यसअघि अस्पतालकै एक ४२ वर्षीया स्वीपर (महिला) मा संक्रमण पुष्टि भएको थियो। 
 

कमेन्ट लोड गर्नुस