सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

२०७७ भदौ ७, ०४:१७ खबर संवाददाता

धनगढीः सवारी चालकमा कोरोना देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन्।

‘चालकमा कोरोना पुष्टि भएपछि उहाँ सेल्फ आईसोलेसनमा बस्नुभएको छ।’ मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले भने, ‘स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ।’

२३ वर्षीय चालक मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका छन्। उनी मुख्यमन्त्रीसँगै उनको परिवार सहित केही दिन अघि डोटी पुगेर फर्किएका थिए।

मुख्यमन्त्री सहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी छ।

कमेन्ट लोड गर्नुस