सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन प्रयोगशाला मार्फत २४ घण्टामा ११६३ जनाको परीक्षण

२०७७ भदौ ७, ०८:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका तीन प्रयोगशाला मार्फत २४ घण्टामा ११ सय बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशको अस्थायी राजधानी धनगढी सहित डडेल्धुरा र डोटीमा गरी एक हजार एक सय ६३ जनाको नमूना परीक्षण गरिएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २४ घण्टामा नौँ सय एक जनाको कोरोना परीक्षण गरिएकमो छ।

जसमा कैलालीका नौँ पुरुष र चार महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको छ भने डडेल्धुरा प्रयोगशालामा दुई सय ३० जनाको परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएको थियो।

डोटी अस्पतालको प्रयोगशालामा २४ घण्टामा ३० जनाको कोरोना परीक्षण गरिएको छ। जसमा एक जनामा संक्रमण देखिएको छ।

सुदूरपश्चिममा अहिले सम्म ५१ हजार बढिको कोरोना परीक्षण गर्दा पाँच हजार तीन सय ३१ पुगेको छ।

संक्रमण पुष्टि भएको झण्डै चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ।   
 

कमेन्ट लोड गर्नुस