सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागु औषध ब्राउन सुगर सहित धनगढीका २ जना पक्राउ

२०७७ भदौ २, ०९:२६ खबर संवाददाता

धनगढी : प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ। से ६ प ७८९ नम्बरको मोटर साईकल सहित दुई जनालाई जिल्ला धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार व्यारेलमा लागु औषध व्युरो महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

मोटरसाईकलमा सवार धनगढी उपमहानगर–३ का २५ बर्षीय अनुराग मल्ल र वडा नम्बर १ बस्ने २४ बर्षीय पृथ्वी खडकालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ। उनीहरुको साथबाट ७ ग्राम ब्राउन सुगर पनि बरामद् गरेको छ।

पक्राउ परेका द्वयलाई लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस