सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोहना नदीको बाढीले १० कठ्ठाको केराबारी सहित ७ बिघा खेत बगायो

२०७७ साउन ३२, ०८:१६ खबर संवाददाता

धनगढीः धनगढीमा मोहना नदीमा आएको बाढीले १० कठ्ठा केराबारी सहित झण्डै ७ बिघा खेत बगाएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १९ को बौलियामा स्थानीय दिलख चौधरीको १० कठ्ठा जग्गामा लगाएको केराबारी नदीले बगाएको हो।

वडाध्यक्ष तिलुराम चौधरीले बाल सिर्जना प्राथमिक विद्यालयको जग्गा भाडामा लिएर केराखेती गर्दै आएका चौधरीले १० कठ्ठामा लगाएको केराबारी सहित नदीले जमिन बगाएको बताए।

यस्तै वडा नम्बर १९ कै ललिपुरमा झण्डै ७ बिघा बराबरको खेत पनि नदीले बगाएको छ। वडाध्यक्ष चौधरीले स्थानीय १८ परिवारको झण्डै ७ बिघा जग्गा मोहना नदीले कटान गरी बगाएको बताए।

उनका अनुसार करिब १० बिघा खेतमा नदीले वालुवा थुपारेपछि धानबाली समेत नष्ट भएको छ। अहिले नदीमा पानीको बहाव घटेको छ।  नदीले खेत बगाएपछि स्थानीय किसान चिन्तीत भएका छन्। 
 

कमेन्ट लोड गर्नुस