धनगढीमा एकैदिन १५ हजार मोबाइल सेट बिक्रि भएको दावी
धनगढी: धनगढीमा एकैदिन १५ हजार सेट आइटेल मोबाइल बिक्रि भएको छ। शुक्रबार धनगढीमा हालसम्मकै सर्वाधिक मोबाइल बिक्रि गरी आइटेल मोबाइलले इतिहास कायम गर्न सफल भएको सौगात इन्टरप्राइजेजका सञ्चालक टेकराज भट्टले दावी गरेका छन्।
मोबाइल बजारमा आएको करिब ५ वर्षको अवधिमा यसपटक धेरै सेट बिक्रि गर्न सफल भएको भन्दै उनले सम्पूर्ण होलसेल तथा फुटकर बिक्रेता र ग्राहकप्रति आभार प्रकट गरेका छन्।
पछिल्लो समय लकडाउनकाबेला धनगढीमा मोबाइल सेटको माग बढेको व्यापारीहरूले बताएका छन्।