सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका क्वारेन्टिनमा ३३८९ जनालाई राखियो

२०७७ साउन ३१, १२:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा झण्डै साढे तीन हजार जनालाई क्वारेन्टिनमा राखिएको छ।

प्रदेशमा भारतबाट भारतबाट फर्किने क्रम बढेसँगै क्वारेन्टिनमा बस्नेहरुको संख्यामा समेत बृद्धि भएको छ। अहिले ९ वटै जिल्लामा तीन हजार तीन सय ८९ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

क्वारेन्टिनमा बसेका मध्ये दुई हजार चार सय पुरुष र र नौँ सय ८९ महिला छन्। सबैभन्दा बढि अछाममा आठ सय ९८ जना क्वारेन्टिनमा बसेका छन्।

यस्तै बझाङमा पाँच सय ७७, कञ्चनपुरमा पाँच सय ८२, डोटीमा ६ सय ९५, डडेल्धुरामा दुई सय १९, बैतडीमा एक सय ६७, कैलालीमा एक सय ७६, दार्चुलामा ७० जना र बाजुरामा पाँच जना क्वारेन्टिनमा छन्।

कोरोना महामारीपछि जारी लकडाउनका बेला भारतबाट दैनिक हजारौँ मानिस सुदूरपश्चिम फर्किरहेका थिए।

बीचमा त्यो संख्या घटेपनि अहिले फेरी बढ्न थालेपछि क्वारेन्टिनमा बस्नेहरुको संख्यामा पनि बृद्धि भएको स्थानीय प्रशासनले जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस