सुदूर नेपाललाई विश्वसँग जोड्दै

छिट्टै ‘भारतमा बनेको’ कोरोना खोप उपलब्ध हुनेछ :मोदी

२०७७ साउन ३१, ०९:५२ खबर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भ्याक्सिनविरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन्। शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुने भएको बताएका हुन्।

भारतमा नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गरे। सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइने बताउँदै उनले भने, यसमा स्वास्थ्यसँग जोडिएका सबै रेकर्ड राखिनेछ।’ 

कोरोना महामारीका कारण नागरिक चिन्तित रहेको बताउँदै उनले भने, सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ। भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेको जानकारी गराउँदै एक पटक स्वीकृति पाएसँगै यसको व्यापक मात्रामा उत्पादन गर्ने बताए।
 

कमेन्ट लोड गर्नुस