सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ११ यात्रु सहित डोटी अस्पतालको एम्बुलेन्स नियन्त्रणमा

२०७७ साउन २९, ०९:४१ खबर संवाददाता

धनगढी : धनगढीबाट ११ यात्रु सहित डोटी अस्पतालको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रु बोकिरहेको सूचनाको आधारमा कैलालीको गेटा बाट उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए।

धनगढीबाट डोटी जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ३५१ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको उनले बताए। ६ महिला, ४ पुरुष र एक बालक गरी ११ जना सवार रहेको उक्त एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

एम्बुलेन्स र कगजपत्र नियन्त्रणमा लिएर चालक सहित ११ जना यात्रुलाई छोडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज ठकुराठीले बताए। 
 

कमेन्ट लोड गर्नुस