सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डुबानमै हुन्छ नाली सफाई

२०७७ साउन २९, ०७:२२ खबर संवाददाता

धनगढी:  धनगढीमा सार्वजनिक जग्गा, खोलानाला तथा प्राकृतिक कुलो र ताल अतिक्रमणले डुबान हुँदै आएको छ। पानीको निकास रोकिएकै कारण डुबानको समस्या जटिल बने पनि समस्या समाधानमा भने स्थानीय र प्रदेश सरकार निरिह छ। 

वर्षभरी नाली सफाईका कुनै योजना नै सञ्चालन नगर्ने धनगढी उपमहानगरपालिकाले वर्षातका बेला काम थालेपछि झनै भद्रगोल भएको छ। डुबानको समस्या बढ्दै गएको भन्दै पानी परिरहेकै समयमा वडा कार्यालयहरु धमाधम नाली सफाई गर्न थालेका छन्। नगरबासीले भने बजेट दुरुपयोग गर्ने मेसो मात्रै भएको आरोप लगाएका छन्। धनगढी उप–महानगरपालिकाको वडा नम्बर २ बैयाबेहडी टोलमा नाली सफाईको चटारो नै लागेको छ।

वडा कार्यालयको पहलमा बैयाबेहडी आसपासका क्षेत्रमा नाली सफाई भईरहेको हो। डुबानको समस्यालाई समाधान गर्नका लागि जेसिवी भाडामा लिएर नाली सफाई गरिरहेको वडा कार्यालयले जनाएको छ। बिना जानकारी सडकको क्षेत्रफल समेत नछुट्यार आफ्नै लगानीमा निर्माण गरेका नालीहरु तोडेको आरोप स्थानीय भोजराज ओझाको छ। जेसिवी भाडामा लिएर सफाई गरिएका नालीको निकास भने छैन्।

जसका कारण नाली सफाईमा लागेको बजेटको दुरुपयोग भएको ओझाले बताए। तर वडा नम्बर २ का वडा अध्यक्ष नरबहादुर बमले भने अहिले नाली सफाई गरिरहेको भएपनि दशैंपछि भने सबै नालीको निकास निकालेर डुबान हुनबाट जोगाउने दावी गरे।

कमेन्ट लोड गर्नुस