सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी ऐरले गरिन् जन्मदिनको अवसरमा विपन्नलाई सहयोग

२०७७ साउन २९, ०६:५१ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ३ की स्थानीय सविता ऐरले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई सहयोग गरेकी छिन्। पर्यटन व्यवसायी तथा उद्यमी ऐरले जन्मदिनको अवसरमा आफ्नै वडाको एक विपन्न परिवारलाई १० हजार सहयोग गरेकी हुन्।

पछिल्लो समयमा होटल तथा पार्टी प्यालेसमा जन्मदिन मनाउने क्रम बढ्दै गएका वेला धनगढीकी ऐर भने विपन्न परिवारलाई आर्थिक सहयोग गरेकी हुन्। वडा नम्बर ३ कै रानी रानाको परिवारलाई सहयोग गरेको ऐरले बताईन्।

‘विगतका जन्मदिनमा विभिन्न सामाजिक संघ–संस्थालाई सहयोग गर्दै आएकी थिए,’ उनले भनिन्, ‘यस वर्ष भने आफ्नै वडामा रहेको एक विपन्न परिवारलाई सहयोग गरेकी हुँ।’ स्थानीय रानी रानाले छोरीले दिएको जमिनमा घर कच्ची घर बनाएकी छिन्।

उक्त घर पनि जिर्ण बन्दै गएको छ। घर भित्रै पानी पस्ने गरेका कारण पनि समस्या भईरहेको छ। सोही जमिनमा रानीको घर बनाउनका लागि सहयोग होस भन्ने उद्देश्यका साथ आफुले १० हजारको चेक हस्तान्तरण गरेको ऐरले बताईन्।

रानी एक नाती र तीन नातिनीसंग वस्दै आएकी छन्। उनका एक छोरा पनि छन् तर उनी भने बढीजसो घर वाहिर बस्ने गरेका छन्।

कमेन्ट लोड गर्नुस