सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयले भन्यो – 'शवबाट कोरोना सर्दैन'

२०७७ साउन २९, ०६:४७ रासस

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ। शवले हाछ्युँ नगर्ने र श्वास नफेर्ने भएकाले सङ्क्रमण नसर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र संक्रमण सर्ने उनको भनाइ छ। अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ। 

परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस