सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा पुजापाठ बन्द

२०७७ साउन २९, ०५:०८ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहागरपालिका –४ उत्तरबेहडीमा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा बिहिबारदेखि पुजापाठ बन्द गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा  फैलिरहेका बेला जिल्ला प्रशासन कार्यालय कैलालीको आदेश अनुसार मन्दिर प्रवेशमा रोक लगाइएको हो। 

अर्को सूचना जारी नुहुँदासम्म मन्दिरमा पुजापाठ, विवाह, व्रतबन्ध लगायतका सम्पूर्ण वैदिक कार्यहरु नहुँने धामका महासचिव योगेन्द मल्ल जानकारी दिएका छन्। साथै अबबाट मन्दिर परिसरमा भिडभाड हुने खेलकुदका गतिविधि लगायतका कार्यहरु नगर्न समेत आग्रह गरेको मल्लले बताए। 

कमेन्ट लोड गर्नुस