सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेढ महिनाअघि बैतडीबाट संकलन भएका १४४ नमूना कता हराए ?

२०७७ साउन २९, ०२:१८ खबर संवाददाता

बैतडी: बैतडीबाट संकलन भएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट हालसम्म आएको छैन्। भारतबाट फर्केका र आरडीटी पोजेटिभ भएका उनीहरुको रिपोर्ट डेढ महिना बितिसक्दा समेत आएको छैन। 

जिल्लाको मेलौली नगरपालिका ८० जना, दोगडाकेदार गाउँपालिकाका ३९ जना, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका ९÷९ जना र शिवनाथ गाउँपालिकाका ७ जनाको स्वाबको रिपोट नआएको स्वास्थ्य कार्यालय बैतडीका कोभीड –१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए। 

स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको भएपनि डेढ महिना बढी बितिसक्दा समेत रिपोट नआएको उनले बताए। समयमा रिपोर्ट नआएपछि धनगढी प्रयोगशालालाई जानकारी गराइसकेको भएपनि स्वाब रिपोट अझै आउन नसकेको जोशीले बताए। 

यसरी धेरै समयसम्म रिपोर्ट नआएकाले स्वाबहरु हराएको अथवा अन्यत्र कतै रिपोर्ट गएको हुनसक्ने आशंका गरिन थालेको छ। 

कमेन्ट लोड गर्नुस