कैलालीमा प्रहरी हिरासतमा पुरुषको मृत्यु :एसपीको संयोजकत्वमा छानविन समिति गठन
धनगढीः कैलालीमा प्रहरी चौकी भित्र पुरुष मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रहरी उपरिक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ।
सु.प. सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न छानविन समिति गठन गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बस्नेतको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। मंगलबार राती धनगढी उपमहानगरपालिका १४ फुलबारीमा सीमा प्रहरी चौकीले पक्राउ गरेका अमबरहादुर चन्दको मृत्यु भएको थियो।
उनी चौकीको शौचालयमा लडेको अवस्थामा भेटिएको प्रहरीले बताउँदै आएको छ। तर चन्द घाटी रेटिएको अवस्थामा भेटिएको भन्दै परिवारले प्रहरीको भूमिकामाथि आशंका गरेका छन्।