धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न
धनगढी-अन्तरास्ट्रिय युवा दिवसको अवसरमा धनगढीमा रक्तदान गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १३ मा राजपुर युवा क्लवले बुधबार रक्तदान कार्यक्र आयोजना गरेको हो।
५० जना युवाहरुले बिरामी लाई रगतको अभाब हुन नदिन दिवसको अबसरमा रक्तदान गरिएको क्लवका सल्लाहाकार निरासा सनमले जानकारी दिए।
बिहानैबाट शुरु गरिएको सो रक्तदानमा स्वास्थ्य कम्रीको समेत सहभागीता रहेको क्लवका अध्यक्ष केशब बुढाले बताए। उनले लामो समयदेखि क्लबले सरसफाई अभियान गर्नुका साथै क्वारेन्टाईनमा बसेकाहरुलाई खाना नास्ता को समेत व्यवस्था गर्दै आईरहेको बताए। क्लवले गर्ने हरेक काम कार्बाहीमा धनगढी उप–महानगरपालिका १३ का वडा अध्यक्ष बिजयराज जोशीको समेत साथ र सहयोग रहदै आएको बुढाको भनाई छ।