कैलाली कारागारका कैदीलाई स्वास्थ्य सामाग्री सहयोग
धनगढी-कैलाली कारागारका कैदीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। लायन्स क्लव अफ धनगढी सम्बृद्धिले कैदीहरुलाई सेनिट्राइजर तथा ह्याण्ड वाँस सहयोग गरेको हो।
अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा ३४ कैदीलाई स्यानिट्राइजर ६४ वटा र ह्यान्ड बाँस ३४ वटा सहयोग गरिएको क्लवले जानकारी दिएको छ। चार हजार तीन सय बराबरका स्वास्थ्य सामाग्री सहयोग गरिएको क्लवका अध्यक्ष तथा कैलाली उद्योग बाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले जानकारी दिईन्। अध्यक्ष अधिकारी, उपाध्यक्ष अनुपमा शर्मा र सचिव अस्मिता ओझाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।