सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिवुड नायक सञ्जय दत्तलाई क्यान्सर

२०७७ साउन २८, ०४:३१ खबर संवाददाता

बलिवुडका चर्चित नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगिसकेको छ।

केहीदिन अघि मात्रै छातीमा दुखाई र श्वास लिन समस्या भएपछि उनी ८ अगस्तमा मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए। त्यसपछि उनको कोरोना परीक्षण पनि गरिएको तर कोरोना नेगेटिभ आएको थियो।

दुई दिन अघि मात्रै उनी अस्पतालबाट  डिस्चार्ज भएका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि सञ्जय दत्तले आफू पूर्ण रुपले निको नभएको बताएका छन्। उनले सामाजीक सञ्जालमार्फत् आफूलाई अब मेडिकल ट्रिटमेन्टको आवश्यकता रहेकाले कामबाट केहि समयका लागि आराम लिने पनि उल्लेख गरेका छन्।  तेस्रो चरणको क्यान्सर भएको पुष्टि भएपछि उनी उपचारका लागि अमेरिका जान सक्ने बताइएको छ।  

नायक दत्त बलिवुडका स्वर्गीय नायक तथा नेता सुनिल दत्त र नरगिसका छोरा हुन्।

कमेन्ट लोड गर्नुस