सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको ‘ट्राभल हिस्ट्री’ छैन्

२०७७ साउन २७, ०३:३९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका एक सहित दुईजनामा कोरोना पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ र ७ का दुई पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार संक्रमण देखिएका वडा नम्बर ७ का २७ वर्षीय पुरुष र वडा नम्बर ३ का ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। २७ वर्षीय पुरुष भारतको राजस्थानबाट फर्किएको भएपनि अर्का संक्रमितको ट्राभल हिस्ट्री नभएको अस्पतालले जनाएको छ।

उनी धनगढीको एक निर्माण सेवामा कार्यरत कर्मचारी हुन्। यसअघि आईतबार पनि धनगढीमा ट्राभल हिस्ट्री नभएका दुईजनामा कोरोना पुष्टि भएको थियो।

धनगढीमा अहिले सम्म एक सय ३४ जनामा कोरोना पुष्टि भएकोमा कुनै ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ९ पुगेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

धनगढीमा ट्राभल हिस्ट्री नै नभएका कोरोना संक्रमित भेटिन थालेपछि जोखिम बढेको भन्दै सर्तकता अपनउन आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस