सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कान्तिपुरकर्मी चौधरीमाथि आक्रमण

२०७७ साउन २७, ०३:०१ खबर संवाददाता

धनगढीः कैलालीमा कान्तिपुर दैनिकका पत्रकार गणेश चौधरीमाथि आक्रमण भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरबाट घर फर्किने क्रममा चौधरीमाथि गएराती आक्रमण भएको हो।

‘घर फर्किने बेला एक्कासी म माथि आक्रमण भयो।’ पत्रकार चौधरीले भने, ‘भागेर स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगाए।’

उनीसँगै रहेका भोजराज चौधरीको टाउकोमा चोट लागेको छ भने चौधरीको अनुहारमा चोट लागेको छ। आफूमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई चिनेकाले उनीहरु विरुद्ध किटानी जाहेरी दिने चौधरीले बताए।

तर आक्रमण किन गरे भन्ने विषयमा थाहा नभएको बताउँदै चौधरीले यसअघि कुनै विवाद समेत नभएको जनाए।  

यसैबीच पत्रकार चौधरीमाथि आक्रमण भएको घटनाको छानविन गरी दोषीमाथि कारवाहीको माग गरिएको छ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले विज्ञप्ती जारी गर्दैै घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

यस्तै  नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कैलालीले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ।

 

 

कमेन्ट लोड गर्नुस