सुदूर नेपाललाई विश्वसँग जोड्दै

माया मेट्रो अस्पतालमा संक्रमित गर्भवतीको उपचारमा संलग्न स्वास्थ्यकर्मी आईसोलेसनमा

२०७७ साउन २६, ०९:०५ खबर संवाददाता

धनगढीः माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना देखिएपछि ६ स्वास्थ्यकर्मी आईशोलेशनमा वसेका छन्।

ती महिलाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको भएपनि कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइशोलेशनमा भर्ना गरिएको माया मेट्रो अस्पतालका डाक्टर मोहन साउँद जानकारी दिए।

माया मेट्रो अस्पतालका उपचारमा संलग्न ६ जना स्वास्थ्यकर्मी पनि आइशोलेशनमा बसेका छन्। बैतडीकी एक गर्भवतीमा कोरोना पुष्टि भएको थियो।

पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस