सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ साउन २५, ०४:४१ खबर संवाददाता

धनगढीः डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएपछि उपचारका लागि घनगढी ल्याउँदै गर्दा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मृत्युपश्चात सेती अस्पतालको प्रयोगशालामा उनको स्वाब संकलनगरी कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की  ३८ माधवी शाही श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन्। तर डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

ती महिला धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ। कोरोनाका कारण उनी डडेल्धुरा गएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस