सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बलात्कार मुद्दामा ९ वर्ष कैद तोकिएका युवक चार वर्षपछि पक्राउ

२०७७ साउन २५, ०३:२० खबर संवाददाता

धनगढीः कैलालीमा जबरजस्तीकरणी मुद्दामा नौ वर्ष कैद तोकिएका युवक चार वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय अर्जुन चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले चौधरीलाई शनिबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए।

चौधरीले २०७२ भदौ १३ गते गौरीगंगाकै एक युवतीमाथि जबरजस्तीकरणी गरेका थिए।

जबरजस्तीकरणीपछि गौरिगंगा नगरपालिका वडा नम्बर ३ को शिब नदीको किनार नर्सरी जंगलमा  अर्धचेतन अवस्थामा शरिरमा  घाउ निलडाम भएको अवस्थामा युवतीको उद्दार गरिएको थियो।

०७२ साल भदौ १५ गते पक्राउ गरिएका चौधरीलाई जिल्ला अदालतले धरौटी तारेखमा रिहा गर्न आदेश दिएको थियो। २०७३ जेठ २७ गतेको फैसलाले उनलाई ९ बर्ष तीन महिना २९ दिन कैद र २५ हजार जरिवाना तोकेको थियो।

चौधरी सोही दिनदेखि फरार रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस