सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल बजार बिक्री प्रतिनिधि संघले डडेल्धुरा सदरमुकाममा डस्टविन राख्यो

२०७७ साउन २५, ०२:४१ खबर संवाददाता

धनगढी: डडेल्धुरा सदरमुकाममा डस्टविन अभावका कारण फोहोर व्यवस्थापनमा कठिनाइ भएपछि नेपाल बजार बिक्री प्रतिनिधि संघ डडेल्धुरा इकाई कमिटीले विभिन्न स्थानमा डस्टविन राखेको छ। 

सदरमुकामको बगरकोट रोड, जिल्ला प्रहरी कार्यालय अगाडी, बसपार्क र बागबजार गरी चार स्थानमा डस्टविन राखेको संघका सदस्य शुनिल तामाङले बताए। यसले केही भएपनि फोहोर फाल्नेहरुलाई सहज हुने उनले बताए।

 

कमेन्ट लोड गर्नुस