सुदूर नेपाललाई विश्वसँग जोड्दै

घनघस्याको चिसो लेकमा देखिएका नाङ्गा गोठाला परिवारलाई सहयोग

२०७७ साउन २५, १०:५७ खबर संवाददाता

घनघस्याको चिसो लेकमा नाङ्गा देखिएका गोठाला परिवारलाई समाजका लागी युवा क्लवले राहत सहयोग गरेको छ।

अजयमेरु गाउपालिका– खतेडाका भण्डारीको परिवारलाई शनीवार समाजका लागी युवा क्लव अजयमेरु –२ का युवाहरुको पहल तथा अन्य बाहिरबाट आर्थीक संकलन गरी राहत उपलब्ध गराएको हो।

भण्डारीको परिवारलाई युवा समाजका अध्यक्ष प्रशान्त ऐर, सचिव केशव पन्त, कोषाध्यक्ष लक्ष्मण खातीलले दैनीक उपभोग्य सामान, लुगाकपडा लगाएत करीब २० हजार बराबरको सामान सहयोग गरेका हुन। 

आर्थिक अभावले मानसिक स्थितीमा गुज्रीरहेका ति परीवारलाई समस्या भएको भन्दै सहयोग गरीएको युवा समाजका अध्यक्ष प्रशान्त ऐरले बताए। 

कमेन्ट लोड गर्नुस