सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुख श्रेष्ठ र प्रमुख सचिव खड्काको पिसीआर रिपोर्ट नेगेटिभ

२०७७ साउन २५, ०५:५८ रासस

वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काको कोभिड–१९को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ। उनीहरू दुवैको कोरोना नेगेटिभ नतिजा आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाइँले बताए। 

वाग्मती प्रदेशसभाका प्रवक्ता, सहप्रवक्ता अन्य कर्मचारीसहित सुरक्षाकर्मी गरी ४० जनाकोे पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरी शुक्रबार किटजन्य रोग तथा अनुसन्धान तालीम केन्द्र हेटौँडामा पठाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रदेशसभाका कूल ४० जनामध्ये आज अपराह्नसम्ममा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट पुनःपरीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यसैगरी वाग्मती प्रदेशसभाको सचिवालयमा केही दिन अघि सङ्घीय प्रतिनिधिसभा सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे भेटघाट र भिडियो वार्ताको लागि सभामुख र प्रमुख सचिवसँग भेटघाट र वार्ता भएको थियो। 

प्रवक्ता डा पाण्डेलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको कारणबाट वाग्मती प्रदेशका सभामुख, प्रमुख सचिवलगायत कर्मचारी र सुरक्षाकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएको थियो। 
 

कमेन्ट लोड गर्नुस