सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाद्धारा विपन्न परिवारलाई आर्थिक सहयोग

२०७७ साउन २४, १२:३६ खबर संवाददाता

धनगढीः सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाले कोरोना भाईरसको महामारीपछि प्रभावित भएका कैलालीका विभिन्न स्थानीय तहका ७६ परिवारलाई आर्थिक सहयोग गरेको छ।

कोरोना महामारीपछि प्रभावित भएका कैलालीको बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका ७६ अति विपन्न घर परिवारलाई आर्थिक सहयोग गरिएको समाजले जनाएको छ।

सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाका अध्यक्ष करन चन्दले प्रती परिवार दुई हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको जानकारी दिए।

समाजले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन थापाको नेतृत्वमा संस्थापक महासचिव अमृत शाही, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द, सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्ल, सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय खेलकुद विभाग प्रमुख अनिल बलायर लगायतको उपस्थित आर्थिक सहयोग गरेको हो।

आर्थिक सहायत वितरण कार्यक्रममा प्रत्यक्ष, अप्रत्यक्ष रुपले सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरिएको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका प्रचार–प्रसार विभाग प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए। 
 
 

कमेन्ट लोड गर्नुस