सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विवेक ४ तलाको घरबाट खस्दा घाइते, आर्थिक अभावले उपचारमा समस्या

२०७७ साउन २३, ०७:०६ खबर संवाददाता

धनगढी: कैलाली घर भइ हाल भारतको बैंगलोरमा बसोबास गर्दै आएका मनोज शाहीका ५ वर्षीय छोरा विवेक शाही ४ तलाको घरबाट खस्दा गम्भीर घाइते भएका छन्। उनी अहिले त्यहीको एउटा अस्पतालको आइसियूमा उपचाररत छन्। 

तर आर्थिक अभाव हुँदा उनको उपचारमा समस्या भइरहेको छ। उनको उपचारमा १५ देखि २० लाख खर्च लाग्ने भएकोमा १० लाख भारतमा रहेका नेपालीहरुले संकलन गरेको सुदूरपश्चिम समाज भारतका उपाध्यक्ष दिपक खड्काले जानकारी दिए। 

अब बाँकी रकम जुटाउन खड्काले सबैमा आग्रह गरेका छन्। विवेकको उपचारमा सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९१४८५३५८८४ मा सम्पर्क गर्न सक्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस