सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट बझाङ जादै गरेको जीप डडेल्धुरामा दुर्घटना, ८ जना घाईते

फाईल फोटो
फाईल फोटो
२०७७ साउन १८, १०:१६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आइतबार बिहान १ बजेतिर अमरगढी नगरपालिका ७ पोखरा खानेपानी मोडस्थित धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १११५५ नम्बरको जिप दुर्घटना भएको हो।

जिप अनियन्त्रित भई सडकभन्दा करिब २ सय मिटर तल खस्दा जिपमा सवार ८ जना घाइते भएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

घाइते हुनेमा बझाङ केदारस्यूउ गाउँपालिका ४ बागथलाका ३२ वर्षीय बिभु प्रकाश भट्ट, सोही ठाउँका ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल, १२ वर्षकै विवेक मल्ल रहेको छन्।

यस्तै सोही ठाउँका ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल र बझाङकै बङ्गल नगरपालिका ४ का जिप चालक ३२ वर्षीय अम्मर विक पनि घाइते भएको डीएसपी न्यौपानेले जानकारी दिए।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। डडेल्धुरामै शनिबार बिहान हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए। 

कमेन्ट लोड गर्नुस