सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रकाशमानव अधिकार पुरस्कार’ बाजुराका डा रुपचन्द्रलाई

२०७७ साउन १६, ०६:४९ रासस

काठमाडौँ: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८औँ स्मृति दिवसका अवसरमा २६औँ ‘प्रकाशमानव अधिकार पुरस्कार–२०७६’ द्धारा बाजुराका डा रुपचन्द्र विश्वकर्मा पुरस्कृत भएका छन्।

विश्वकर्मा बाजुराको जिल्ला अस्पतालमा कार्यरत छन्। कोभिड–१९ को जोखिमका कारण विश्वकर्मा इन्सेकले आज आयोजना गरेको २८औँ प्रकाश स्मृति दिवस तथा २६औँ प्रकाशमानव अधिकार पुरस्कार घोषणा समारोहमा आउन सकेनन्। पुरस्कारको राशि ५० हजार रहेको छ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले स्व. प्रकाश काफ्लेले मानव अधिकारको क्षेत्रमा पु¥याउनु भएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै बाजुराका डा विश्वकर्मालाई पुरस्कृत गरेकोप्रति खुशी व्यक्त गर्दै बधाई दिए।  
इन्सेक अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पु¥याउनु भएको योगदानका लागि २५ जनालाई यसअघि प्रकाशमानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको जानकारी  दिए।  

उनले कोरोना महामारीका कारण यो वर्ष पहिलो पटक पुरस्कृत व्यक्तिको उपस्थिति बिना कार्यक्रम गर्नु परेको र इन्सेकका सात प्रदेशमा रहेका प्रदेश तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई आधार मानेर समितले पुरस्कृत व्यक्तित्व छनोट गरेको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस