हेल्प फर ह्याप्पीनेसले आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीलाई खिर खुवायो
धनगढीः सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले आमाको माया छात्रबास धनगढीमा आश्रित विद्यार्थीहरुलाई खिर खुवाएको छ।
छात्रबासमा आश्रय लिएर बसेका असहाय तथा विपन्न विद्यार्थीहरुलाई खिर खुवाएर साउन १५ मनाईएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले बताए। भण्डारीले भगवान कृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झना र दिनदुखीलाई खिर बाड्ने परम्परालाई निरन्तरता दिदै असहाय विद्यार्थीलाई खिर खुवाईएको उनले जानकारी दिए।
कार्यक्रममा हेल्प फर ह्याप्पीनेस सुुदूरपश्श्चिमको आपतकालीन असहाय सहयोग कोष, ईमरजेन्सी मेडिकल टिम र ईमरजेन्सी भेटेनरी टिमका सदस्यहरुको सहभागिता रहेको थियो। ह्याप्पीनेसले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। नेपाली समाजमा परापुूर्वकालदेखि साउन १५ लाई सांस्कृतिक पर्वका रुपमा घर घरमा खिर पकाएर मनाउने गरिन्छ।