सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा बाढीले काठे पुल बगाउँदा आवतजावत ठप्प

२०७७ साउन १५, ०२:०१ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपलिकामा अविरल वर्षापछि आएको बाढीले काठे पुल बगाउँदा आवतजावत ठप्प भएको छ।

गाउँपालिकाको वडा नम्बर ७ को बसन्तामा रहेको कटैनी नदीको काठे पुल बगाएपछि आवातजावत ठप्प भएको हो।

पुलको आधा भाग बगाएपछि आवातजावत रोकिएको स्थानीयले जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस