सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका युवकको मृत्यु

२०७७ साउन १५, ०१:४० खबर संवाददाता

धनगढी: कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका युवकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा गत असारमा सर्पले टोकेका २२ वर्षीय गणेश शाहीको उपचारका क्रममा मृत्यु भएको हो।

भेरी अस्पताल नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचार गराईरहेका युवकको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

युवकलाई गत असार १२ गते राती सर्पले टोकेको थियो। उनको सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो।

सेतीमा भेन्टिलेटर खाली नभएकाले नेपालगञ्ज पठाएकोमा त्यहाँ पनि उनले दोस्रो दिन मात्र भेन्टिलेटर सेवा पाएका थिए। 
 

कमेन्ट लोड गर्नुस