सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘केजीएफ २’ मा भिलेन बनेका सञ्जय दत्तको डरलाग्दो लुक्स

२०७७ साउन १४, ०६:२५ खबर संवाददाता

धनगढी: लामो समयदेखि दर्शकहरु ‘केजीएफ’को सिक्वेलको प्रतिक्षा गरेर बसेका छन्। कन्नड सुपरस्टार यशको अभिनय गरेको फिल्मको सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि अभिनय छ। यसमा उनी खतरनाक भिलेनको भूमिकामा छन्। बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। 

बुधवारबाट ६१ वर्षका भएका सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विट गरेर फिल्ममा आफूले निर्वाह गरेको अधिराको लुक्स सार्वजनिक गरेका हुन्। प्रशान्त नीलको निर्देशन रहेको ‘केजीएफ २’ मा सञ्जय र यशका अलावा रवीना टन्डनको पनि प्रमुख भूमिका रहेको छ।

दुई वर्ष अगाडि प्रदर्शनमा आएको ‘केजीएफ’ ले बक्सअफिसमा धूम मच्चाएको थियो। 
 

कमेन्ट लोड गर्नुस