सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामकी क्यान्सर पीडित किशोरीलाई बचाउन अभियान

२०७७ साउन १३, ०३:४१ खबर संवाददाता

अछाम: अछामकी क्यान्सर पीडित किशोरीको उपचारका लागि विभिन्न सहयोग हुने क्रम बढेको छ। 

ढकारी गाउँपालिका ६ मोयकांडाकी १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि संकलित १ लाख ७० हजार १ सय ७८ रुपैयाँ बिरामी मनसरा बुढा र उनको घरपरिवारलाई हस्तान्तरण गरिएको छ। स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत  हस्त्तान्तरण गरिएको हो।

मंगलसेन नगरपालिका –५ का युवा रिदम बिसी र जगत ज्वैलेन्द्र र पार्बती बिष्टले अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय ३५ रुपैयाँ र ढकारी गाउँपालिका –६ का युवा समाजसेवी एवम् मनसरा बुढा बचाउ अभियानका अभियन्ता भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाले देशविदेश तथा स्थानीयस्तरबाट संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेका हुन। 

अझै रकम अपुग 
क्यानसरको उपचार गर्न आर्थिक अभाव हुँदा मनसरा अहिले अस्पतालमा छटपटाउँदै छिन्। कक्षा ११ मा अध्यननरत मन्सराको बायाँ खुट्टामा क्यान्सर भएपछी उनी अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन मा उपचाररत छन्।

मन्सराका बुवाको यसअघि नै मृत्यु भइसकेको र आफन्तले उपचारको लागि अस्पताल लगेका हुन। उनका आफन्त देबेन्द्र बहादुर बुढाका अनुसार उनको उपचारको लागि करिब १० लाखसम्म खर्च लाग्ने छ।

मन्सरा करिब १ वर्षदेखि बिरामी भएको र उनको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा सबैसँग आर्थिक सहयोगको लागि अपिल गरिएको उनले बताए। उनले मन्सरालाई बचाउनको लागि नागरिकस्तरबाट समेत आर्थिक सहयोग गरिदिन अनुरोध गरे। आर्थिक संकललन अभियानमा मन्सराका आफन्त देबेन्द्र बुढा र भुपेन्द्रबहादुर बुढा सक्रिय भएका छन्। उनलाई निम्न सम्पर्क नम्बर अथवा निम्न खाता नम्बर मार्फत सहयोग गर्न सकिनेछ। 

सम्पर्क नम्बरः ९८६९५५३८०४, ९८६५६४१५१० 
खाता नम्बर : ०७९०१०००००२१४०४१ (देबेन्द्रबहादुर बुढा सिटिजन्स बैंक, ढकारी अछाम)

कमेन्ट लोड गर्नुस