सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका शिवांशको उपचारका लागि जापानबाट सहयोग

२०७७ साउन १३, ०३:०५ खबर संवाददाता

केशव विष्ट/जापान: जन्मेको १४ दिनमै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बैतडीको सुर्नया गाउँपालिका ६ का बालक शिवांश अवस्थीको उपचारका लागि जापानबाट सहयोग प्राप्त भएको छ।  

शिवांशको उपचारका लागि गोर्खाज ब्रदर्श एफसी फुकुओका जापानले ६० हजार ८ सय ८५ सहयोग गरेको छ। एनआरएनए जापान ,क्युस्यु उपसंयोजक मोहनसिंह मडै र रमेश खडकाको नेतृत्वमा एउटै कम्पनीमा कार्यरत नेपाली विद्यार्थीहरुले सहयोग गरेका हुन।

जापानमा अध्ययनरत विद्यार्थीहरुबाट संकलित रकम शिवांशका बुवा महेश अवस्थीको खातामा जम्मा गरिसकेको जापानबाट अजय मडैले जानकारी दिए। गोर्खाज ब्रदर्सले शिवांस अवस्थीलाई सहयोग गर्नपाउँदा एकदमै खुसी लागेको सुवाष बोहराले बताए। 

शिवांश अहिले पनि अस्पतालको निगरानीमा रहेका र अस्पतालको केही रकम तिर्न बाँकी रहेकाले सहयोग गरिदिन शिवाशंका बुवा महेश अवस्थीले अनुरोध गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस