सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ साउन १३, १०:११ भुवन भट्ट

चितवनकाे पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकलाई  नियन्त्रणमा लिइएको र चालक फरार रहेको  प्रहरीले जनाएको छ।
 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस