सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको पहिरो पीडितका लागि भारतबाट आर्थिक सहयोग

२०७७ साउन १२, ०८:१८ खबर संवाददाता

बझाङको पहिरो पीडितका लागि भारतबाट आर्थिक सहयोग गरिएको छ। भारतको बेङ्लोरमा बस्दै आएका जनेश्वर जोशीले  ५० हजार सहयोग गरेका हुन्। 

जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर ८ मा गत असार १९ गते गएको पहिरो पीडितका लागि  जोशीले ५० हजार आर्थिक सहयोग गरेका भारतबाट लोकेन्द्र साउँदले जानकारी दिए। उनले पाँच हजार सत्यराज भण्डारीलाई हस्तान्तरण गरेका हुन्।

उनको घर बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ जुजि–डुङ्ङी आमरुख हो। उनले भारतबाट लुगाकपडा पनि पठाउने बताएका छन्। 

कमेन्ट लोड गर्नुस