सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम प्रहरीद्वारा गाँजा फडानी

२०७७ साउन १२, ०६:०८ खबर संवाददाता

अछाम: अछाममा प्रहरीले २ रोपनी जमिनमा रहेको गाँजा फडानी गरेको छ। प्रहरी चौकी जयगढ अछामबाट खटिएको प्रहरी गस्ती टोलीले बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६स्थित कम्मान सिंह कडायतको २ रोपनी बाझो जग्गामा रहेको गाँजा फडानी गरेको हो।

यस्तै प्रहरी चौकी भैरवस्थान अछामबाट खटिएको गस्ती टोलीले तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ नाउगाडेस्थित सार्वजनिक स्थलमा प्राकृतिक रुपमा उम्रेका गाँजाका ४०० वटा बोटहरु स्थानीयको सहभागितामा फडानी गरेको जिल्ला प्रहरी कायालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। 

कमेन्ट लोड गर्नुस