सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका युवकद्वारा पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टिनमा आत्महत्या

२०७७ साउन १२, ०२:५९ खबर संवाददाता

धनगढी: अछामका एक युवकले क्वारेन्टिनमा आत्महत्या गरेका छन्। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने  रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन्।

उनले क्वारेन्टिन पछाडिको रूखमा तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। भारतको राजस्थानबाट आएका युवक ठाकुरबाबामा आफन्त कहा गएका थिए। आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टिनमा लगेको थियो।

आइतबार मात्रै उनको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो। तर रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका छन्।  रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस