सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चाउचाउ र चुईगमको प्रलोभन देखाएर नाता पर्ने बालिकामाथि बलात्कार

२०७७ साउन ११, ०५:०३ खबर संवाददाता

धनगढी: डडेल्धुराको भागेश्वर गाउँपालिका –४ की १५ वर्षीय बालिका बलात्कृत भएकी छन्। मानसिक अवस्था सुस्त रहेकी बालिकालाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि निरन्तर बलात्कार गरिएको खुलेको छ। 

उनलाई सोही ठाउँका नाता पर्ने दुई जनाले बलात्कार गरेको बालिकाले बताएकी छन्। दिउँसो गाईबाख्रा चलाउन गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर बलात्कार गर्ने गरेको बालिकाले बताइन।

बालिकाको महिनावारी रोकिएको र बालिकाको स्वास्थ्यमा समस्या देखापरेपछि स्वास्थ्य चेकजाँच गराउदा ४ महिनाको गर्भ रहेको जानकारी पाएको पिडित बालिकाकी आमाले बताइन। नातामा आफन्त पर्ने दुवैले बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको पिडीत बलिकाले बताइन। 

आरोपित दुवै जना विरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए। प्रहरीले आरोपितहरुमध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र बहादुर बोहराले बताए। ‘दुवै जना बालिकाका नाता पर्ने रहेछन्, एक जना हजुरबुवा एक जना काका। उजुरीपछि दुवै जनालाई पक्राउ गरी सम्मानित अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने। 

कमेन्ट लोड गर्नुस