सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी

२०७७ साउन ११, १२:०१ खबर संवाददाता

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी गरिएको छ। नगरपालिकाको लेखा शाखामा आगजनी गरिएको बाजुरा प्रहरीले बताएको छ। शनीबार राती आगजनी गरिएको मेयर दिपक शाहले बताए।

रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको उनले बताए। उनका अनुसार लेखामा राखिएका फाईलहरु जलेर नष्ट भएको छन्। प्रहरीका अनुसार क्षतीको विवरण तयार भएको छैन्। आगो लगाउनेको खोजी भरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दानबहादुर रोकायाले बताए।

गत वर्ष पनि नगरपालिकमा विद्युत सर्ट भएर आगो लागेको थियो।

कमेन्ट लोड गर्नुस