सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारलाई स्वतन्त्र राख्न आवश्यकः सांसद बोहरा

२०७७ साउन ९, ०४:०६ खबर संवाददाता

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशसभा सदस्य गोबिन्दराज बोहराले पत्रकारलाई स्वतन्त्र राख्न आवश्यक रहेको बताएका छन्। प्रदेशको संसदियदल प्रमुख सचेतक समेत रहेका नेता बोहराले पत्रकारलाई स्वतन्त्र रुपमा राख्न आवश्यक रहेको बताएका हुन। 

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकारिता सम्बन्धी क्षमता अभिबृद्धि कार्यशालाको शुक्रबार उद्घाटन गर्दै नेता बोहराले पत्रकारलाई स्वतन्त्र रुपमा राखी सूचना तथा समाचार संकलन गर्नदिन आवश्यक रहेको बताए। पछिल्लो समय सरकारले पत्रकारको हात बाध्नेगरी निती नियम ल्याउन खोजेको भन्दै उनले स्वतन्त्रतापूर्वक रिपोर्टिङ्ग गर्न दिन आवश्यक रहेको बताए। 

भारतको तुलनमा नेपाली पत्रकारिता धेरै माथि रहेको बताउदै उनले सभ्य समाज निर्माणका लागि नेपाली पत्रकार जगतलाई स्वतन्त्र बनाई राख्नुपर्ने औल्याए। ‘नेपालप्रति भारतिय सञ्चार माध्यमहरुले अफवाह फैलाएका कारण नेपालमा समाचार च्यानल बन्द गरिए’ उनले भने, ‘तर नेपालमा भने पत्रकारहरुले त्यो खालको समाचार सम्प्रेषण, रिपोर्टिङ्ग गरेको पाइदैन। यसकारण नेपाली पत्रकारिता भारतभन्दा माथि छ।’

प्रेस युनिय डडेल्धुरा शाखाले जिल्ला सदरमुकाम अमरगढी नगरपालिका– ५ तुफानडाडामा तिनदिने पत्रकारिता सम्बन्धी क्षमता अभिबृद्धि कार्यशाला सञ्चालन गरेको छ। करिब २० जनाको सहभागिता रहेको कार्यशालामा अग्रज पत्रकार डिआर पन्त, राम धामी लगायतकाले प्रशिक्षण दिने प्रेस युनियनले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस